Category Archives: News

माननिय स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरे एक महिने उपलव्धी

स्वाथ्य मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालय सम्हाले यताको एक महिनाको अवधीमा गरिएका कामको विवरण सार्वजनिक गरेका छन् । अस्वस्थ भई बीर अस्पतालमा उपचाररत मन्त्री पोखरेलले आज प्रेस नोट मार्फत सो जानकारी दिएका हुन् । उनले आफ्नो उपलव्धीमा बाढीग्रस्त क्षेत्रमा भएका स्वास्थ्य सम्वन्धी काम देखि स्वास्थ्य बीमा विस्तार गर्ने कार्यहरु समेटेका छन् । उनले आफू आएपछि संविधान अनुरुप स्वास्थ्य नीति बनाउन आफ्नो नेृतृत्वमा समिति गठन गरेको समेत उल्लेख गरेका छन् ।

Continue reading

पान्डेमिक इन्फ्लुइन्जा ‘ए’ H1N1 रोग वारे सन्देश

पान्डेमिक इन्फ्लुइन्जा ‘ए’ H1N1 विश्वव्यापी रुपमा महामारी फैलाउन सक्ने भाइरस हो। यो भाइरसको कारणले हुने रोगले विश्वव्यापी महामारी रुप लिइसकेको छ। यो नयाँ किसिमको भाईरस विरुद्ध मानिसमा प्रतिरोधात्मक शक्ति नहुने भएकोले यो रोग मानिसबाट मानिसमा सजिलै सर्न सक्छ। हाल विश्वको प्राय: धेरै राष्ट्रहरुमा यो रोग क्रमश: फैलिँदै गइरहेको छ।
Continue reading

स्वास्थ्य मन्त्रीको निर्देशनमा उपत्यकाका ठूला अस्पतालमा उच्चस्तरिय अनुगमन

काठमाडौं उपत्यकाका तीन जिल्लाका ठूलाअस्पतालमा स्वास्थ्य मन्त्रालयको उच्चस्तरिय टोलीले सोमबार अनुगमन गरेको छ । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा उच्चस्तरिय अनुगमन भएको स्वास्थ्य सचिव डा. किरण रेग्मीले बताइन् । उपत्यकाका ठुला अस्पतालको सेवाको गूणस्तर, जनशक्ति, उपकरण तथा भौतिकपूर्वाधारको अवस्था, सुधार गर्नुपर्ने पक्ष र बजेटको अवस्था बुझ्न अनुगमन गरिएको सचिव डा. रेग्मीको भनाई छ । Continue reading

स्वास्थ्यमन्त्री पोखरेलको पदभार ग्रहण

काठमाडौँ– नवनियुक्त स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पदभार ग्रहण गरेका छन्। तेस्रो पटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका पोखरेल प्रधानमन्त्री शेरबहादुर देउवाले आज विस्तार गरेको मन्त्रीमण्डलमा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका हुन्। Continue reading

स्वास्थ्य सचिवमा डा किरण रेग्मीलाई नियुक्ति

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७४/०३/०८ गते बसेको बैठकले नेपाल स्वास्थ्य सेवा ऐन २०५२ कोे दफा १९ बमोजिम राजपत्राङ्कि विशिष्ट श्रेणीमा बढुा गरेको हो । डा. रेग्मी हाल स्वास्थ्य मन्त्रालय कै विषेशज्ञ पदमा कार्यरत हुनु हुन्थ्यो ।नवनियुक्ति सचिव डा किरण रेग्मीलाई राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको तर्फबाट हार्दिक बधाई । Continue reading

यी हुन् विपन्नको उपचार हुने ५७ वटा अस्पताल (कुन रोगको उपचार कहाँ ?)

काठमाडौ, २७ जेठ । सरकारले विपन्न नागरिकका लागि उपचारमा सहयोग पुरयाउन ५७ वटा अस्पताल सुचीकृत गरेको छ । ती अस्पतालमा आठ किसिमका कडारोगको उपचार गर्दा विपन्न नागरिकले सरकारले दिने सहुलियत प्राप्त गर्न सक्छन् ।

अधिकांश उपत्यकामा रहेपनि केही अस्पताल उपत्यका बाहिरका समेत परेका छन् । ती अस्पतालहरुबाट विपन्न नागरिकले मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सस, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कल सेल एनिमियाको उपचार लिनसक्छन् ।

पछिल्लो समय सरकारले थप चार वटा कडा रोगको सूचि थपे पनि कार्यान्वनयमा आइसकेको छैन । Continue reading