Tag Archives: gagan

औषधिको मुल्य सस्तो बनाउन विश्व समुदायसंग स्वास्थ मन्त्रीको अपील

जेष्ठ ९, २०७४- स्वास्थ्य मन्त्री गगन थापाले अल्प र न्युन विकसित मुलुकको नागरिकका लागि औषधिको मुल्य सस्तो बनाउन विश्व समुदायसंग अपील गरेका छन् । नेपालसहित १ सय ९४ मुलुक सहभागी रहेको ७० औं विश्व स्वास्थ्य सभामा विभिन्न ऐजेन्सी, भेटघाट, वार्ताहरूमा आधिकारिक निकायहरुसंग उनले उक्त अपील गरेका हुन् । Continue reading

स्वास्थ्य मन्त्री थापाले गराए कान्ति अस्पतालमा छोरीको उपचार, रियाक्टिभ आर्थाइटिस देखियो

स्वास्थ्य मन्त्री गगन थापाले छोरीको उपचारका लागि सरकारी कान्ति बाल अस्पताल रोजेका छन् । बुधवार राति १० बजे कान्छी छोरी जियाना बिरामी भएपछि कान्तिको आकस्मिक कक्षमा पुर्याइएको थियो । तीन वर्षीय जियानाको आकस्मिक कक्षस्थित ग्रिन जोनमा अन्य नागरिकका सन्तान सरह उपचार गरिएको अस्पतालका डाक्टर विष्णुरथ गिरीले बताए । आकस्मिक कक्षमा ड्युटीमा रहेका डा गिरी सहित डा विना प्रजापति, डा रामहरी चापागाईँ र रेडियोलोजिष्ट डा भवानी यादवले आवश्यक उपचार र परीक्षण गरेका थिए । Continue reading

‘रक्सी नखाने’ गगन थापाको अभियानमा प्रचण्डको साथ

१ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्वस्थ्य मार्गमा हिँड्ने प्रतिवद्धता जनाएका छन् । स्वाथ्य मन्त्रालयको आयोजनामा नयाँ वर्षका दिन राजधानीमा आयोजना गरिएको पदयात्रामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । Continue reading

गगन थापा स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य मन्त्रालयबाट के काम भयो ?

काठमाडौं । स्वास्थ्यमन्त्री भएपछि गगन थापाले आफूलाई अरु मन्त्रीभन्दा अलग राख्ने काम गरेका छन् । उनले जिम्मेवारी लिन नखोज्ने प्रवृत्तिका कारण नै मुलुक अगाडि बढ्न नसकेको जनाएका छन् । विचारजस्तै उनले काम गर्ने अठोट उनले सपथ खाएकै दिन गरेका थिए । स्वास्थ्य जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले उनी जनमुखी कार्म गर्न खोजेको देखिएको छ । यस्तै हो भने के के भए त स्वास्थ्य मन्त्रालयले गरेका महत्वपूर्ण नीतिगत निर्णयहरू– Continue reading