You are currently viewing अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलज्यू द्वारा सूर्तीजन्य पदार्थको अगाडि र पछाडिको १०० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत गरिएको छ।
** यसअघि ९० प्रतिशत भागमा यस्तो चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था थियो ।

डाउनलोड गर्नुहोस् 

सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतनावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ मा भएका मुख्य मुख्य कानूनी प्रावधानहरु :
• निर्देशिका माननीय मन्त्रि प्रदीप पौडेलबाट मिति २०८१ माघ २१ गते स्विकृत
• शत प्रतिशत चेतावनी संकेत छाप्ने नेपाल पहिलो राष्ट्र हो ।
• पुरानो ५ वटा र नयाँ ५ वटा गरी १० वटा घातक रंगिन चित्रहरुबाट छनौट गर्न एक अध्ययन गरिएको थियो ।
• सो १० वटा चित्र बाट जम्मा ६ वटा चित्र छनौट भएका छन् ।
• पुराना ३ वटा चित्र दोहोरिएका छन् भने ३ वटा नयाँ चित्र परेका छन् ।
• अगाडी र पछाडको भागमा १०० प्रतिशत घातक रंगिन चित्र चित्र र चेतवानीमूलक सन्देश छाप्नु पर्नेछ ।
• प्याकेटको रंग अव देखि Pantone ४४८ C राख्नुपर्नेछ ।
• यो रंग सबै भन्दा नराम्रो लाग्ने रंग हो जुन यो गाढा खैरो देखिन्छ ।
• यो निर्देशिका स्विकृत भएको मितिले १८० औं दिनदेखी लागू हुनेछ ।
• यो संगै सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतनावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ खारेज भएको छ ।