नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचार निराधारः स्वास्थ्य मन्त्रालय

नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचार निराधारः स्वास्थ्य मन्त्रालय

  • Post author:
  • Post category:In-Media

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यमा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने निराधार समाचार भएको स्पष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले भेरियन्ट अर्फ कन्र्सन भित्र वरेका र विभिन्न देशमा फैलिएको नयाँ भेरियन्टलाई अल्फा, डेल्टा,गामा र कप्पा छुट्टाछुट्टै नाम दिएको मध्ये नेपालमा अल्फा र डेल्ला भेरियन्ट मात्र पुष्टि भएको जनाएको छ।

नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचारप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयसँग आधिकारिक जानकारी नलिई त्यस किसिमका भ्रमात्मक समाचार सम्प्रेषण नगर्न संचारकर्मी र संचारमाध्यमलाई समेत बनाएको छ।

विश्व स्वास्थ्य संगठनले समेत नेपालमा नयाँ भेरियन्ट पत्ता नलागेकाे पुष्टि गरिसकेकाे छ।