कोभिडको नि:शुल्क उपचार गर्ने अस्पतालको सूचीबाट निजी अस्पताल हटाइयो

कोभिडको नि:शुल्क उपचार गर्ने अस्पतालको सूचीबाट निजी अस्पताल हटाइयो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ।

यसअघि निजी सहित देशभरका ८६ अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार हुने अस्पतालमा तोकेको स्वास्थ्य मन्त्रालयले अब सरकारी अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेको हो।

कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा आजसम्ममा भर्ना भइ उपचाररत संक्रमितको आजका मितिले १० दिनसम्मको मात्रै नियामानुसारको सोधभर्ना उपलब्ध गराउने जनाएको छ।

अब निजी अस्पतालमा उपचार गराउने कोरोना संक्रमितको उपचार खर्च सरकारले नवेहोर्ने भएको छ। निजी अस्पतालहरुले सरकारले तोकेको उपचार शुल्कमा कोरोना संक्रमतिलाई उपचार सेवा भने दिन सक्नेछन्।