कोभिड–१९ खोपका बारेमा कुनै पनि जानकारीका लागि १११५ वा ११३३ मा सम्पर्क गर्नुहोला ।

यो खोपले कोरोना भाइरस रोग लाग्नबाट बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिस गरिएको छ ।

सबै नेपालीलाई पुग्ने गरी खोपको परिमाण एकै पटक उपलब्ध हुन नसक्ने भएकोले यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रुपमा सबैलाई क्रमशः दिइनेछ ।

नेपालमा कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकिकरण गरिएको हो । यो प्राथमिकिकरण विश्व स्वास्थ्य संगठनको सिफारिसको आधारमा पनि गरिएको हो ।

पहिलो प्राथमिकतामा हाम्रो जीवन र स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई राखिएको छ । कोरोना भाइरस रोग संक्रमण हुने र अरुलाई पनि संक्रमित गराउने सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा नै अवरुद्ध हुन गई हामी सबै स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने भएकोले पनि स्वास्थ्यकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिएको हो ।

उनीहरूसँगै एम्बुलेन्स चालक तथा सहचालकहरू, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, वृद्धाश्रममा कार्यरत कर्मचारीहरू, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरूलाई यसै प्राथमिकतामा राखिएको छ ।

दोस्रो प्राथमिकतामा ५५ वर्र्ष माथिका महिला तथा पुरुषहरूलाई राखिएको छ । यो उमेर समूहमा कोरोना भाइरस रोगको संक्रमण हँुदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ । साथै, ४० देखि ५४ वर्र्ष उमेर समूहका दीर्र्घरोग भएका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ । दीर्र्घरोग भएका शरणार्थी र प्रवासी कामदारहरूलाई पनि यसै चरणमा खोप लगाइने छ ।

तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्र्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ । १८ वर्र्ष मुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भैरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन ।

पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन÷थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ ।

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्र्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।

हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को ब्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ ।

यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था ्रबाट निशुल्क दिइन्छ ।

ड्ड यो खोपको पहिलो मात्रा लिएपछि गम्भीर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरुले
ड्ड यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भीर एलर्जी ( एनाफाइलेक्सिस् प्रतिक्रिया ) भएकाहरुले
ड्ड गर्भवती महिलाहरुले
ड्ड १८ वर्र्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिस गरिएका छैन ।

ड्ड दीर्घरोग जस्तै– मुटु ,मस्तिस्क ,फोक्सो , मृगौला सम्बन्धी रोगहरु,, मधुमेह (सुगर), शिकलसेल एनिमिया र क्यान्सर रोग भएकाहरुले
ड्ड रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमि गर्ने औषधि सेवनकर्ताहरु
ड्ड एच.आई.भि. भएकाहरु

पुनःश्चः यस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।

सुरक्षित छ । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविघालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विश्व स्वास्थ्य संगठनले यो खोप आकस्मिक प्रयोगको लागि सिफरिस गरिसकेको छ ।

यो खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्दछ ।

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

हुदैननैं, पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनुपर्छ ।

खोपको कारणले बिकास÷वृद्धि भएकोे प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।

पार्दैन । यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ ।

नजिकका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा आमसञ्चारका माध्यमहरू मार्फत कोरोना खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ । यदि तपार्इं खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफू भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस् ।

कोरोना खोप लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरू जस्तै दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ ।