Dengue ( डेंगु )
Communicable Diseases (सरुवा रोगहरु) >Dengue ( डेंगु )
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेंगुको विषाणुद्धारा संक्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले ससाना पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । खास गरि वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदान, गमला, कुलर, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । यस लामखुट्टेले दिउँसो मात्र टोक्ने गरेको पाइन्छ । बर्षातको शुरुवात सँगै यस रोगको महामारी हुने संभावना हुन्छ ।
- यसको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।
- असाध्यै टाउको दुख्ने
- आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
- ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने
- शरीरमा विमिराहरु आउने
धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ ।
यसका साथै वाक्वाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको टाटा देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।
माथिका लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्था गई जाँच गराउनु पर्दछ । डेगु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक सल्लाह लिनु पर्दछ । ज्वरो घटाउन सिटामोल खानु पर्छ । प्रशस्त झोल पदार्थ खानु पर्छ । एस्पीरीन तथा आईबोब्रुफेन जस्ता औषधीहरू खानु हुदैन ।
डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।
लामखुट्टेको टोकाइबाट बच्नुको साथै लामखुट्टे बृद्धि रोक्नु पर्छ । यसका लागि निम्न उपायहरू अपनाउनु बेश हुन्छ
- पानी जम्न सक्ने भाडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ
- पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राख्नु पर्छ
- कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालीदिने वा पानी फेर्ने साथै जम्मा भएको पानी सफा गर्ने
- फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्नु पर्छ
- यस जातीको लामखुट्टेले दिउँसो टोक्ने हुदा दिउँसो बस्दा पनि प्राय पुरा बाहुला भएको वा शरिर पुरै ढाक्ने लुगा लगाउनु पर्छ
- सम्भव भएसम्म दिउ‘सो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ
- लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न वा धुप(क्वाइल) बाल्न सकिन्छ
- घरका झ्याल ढोकामा जाली लगाउनु पर्दछ
- घर वरिपरि सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डा खुल्डी पुर्ने गर्नु पर्छ
सरुवा रोगहरु (Communicable Diseases)
- क्षयरोग (Tuberculosis)
- झाडाखाला (Diahhroea)
- आउँमासी ()
- म्यादे ज्वरो (Typhoid)
- कमलपित्त (Jaundice)
- बाथ मुटु रोग
- औलो (Malaria)
- जापानिज इन्सफलाइटिस (Japanese Encephalitis)
- डेंगु (Dengue)
- कालाजार (Kala-azar)
- हात्तिपाइले रोग (Lymphatic filariasis)
- ब्रुसिलोसिस (Brucellosis)
- स्क्रब टाईफस (Scrub Typhus)
- रेबिज (Rabies)
- कुष्ठरोग (leprosy)
- लुतो ()
- लेप्टोस्पाइरोसिस (Leptospirosis)
- टक्सोप्लाजमोसिस (Toxoplasmosis)
- बर्ड फ्लु (Bird Flu)
- पाण्डमिक इन्फुलुन्जा “ए” (Pandemic Influenza)
IEC Materials
sno | title | Link | Type | Fiscal Year | NHEICC |
---|---|---|---|---|---|
1 | डेंगु ज्वरो (Dengue Fever) | View/Download | 2080/81 | NHEICC | |
2 | Dengue Danger Sign | View/Download | JPG | 2079/80 | NHEICC |
3 | Dengue Precautions | View/Download | JPG | 2079/80 | NHEICC |
4 | Dengue Presentation | View/Download | PPT | 2079/80 | NHEICC |
5 | Cholera, Dengue and Diarrhoea | View/Download | JPG | 2079/80 | NHEICC |
sno | title | Link | Fiscal Year | NHEICC |
---|---|---|---|---|
1 | Dengue Ringtone | View/Download | 2080/81 | NHEICC |
2 | Dengue Nepali Language | View/Download | 2080/81 | NHEICC |
3 | Dengue Rai-Bantawa | View/Download | 2080/81 | NHEICC |
4 | Dengue Awadhi | View/Download | 2080/81 | NHEICC |
5 | Dengue Bhojpuri | View/Download | 2080/81 | NHEICC |
6 | Dengue Doteli | View/Download | 2080/81 | NHEICC |
7 | Dengue Limbu | View/Download | 2080/81 | NHEICC |
8 | Dengue Maithali | View/Download | 2080/81 | NHEICC |
9 | Dengue Nepal Bhasa | View/Download | 2080/81 | NHEICC |
10 | Dengue Paschima Tharu | View/Download | 2080/81 | NHEICC |
11 | Dengue Purbeli Tharu | View/Download | 2080/81 | NHEICC |
12 | Dengue Rana Tharu | View/Download | 2080/81 | NHEICC |
13 | Dengue Tamang | View/Download | 2080/81 | NHEICC |
14 | Dengue Tharu | View/Download | 2080/81 | NHEICC |
sno | title | Link | Fiscal Year | NHEICC |
---|---|---|---|---|
1 | डेंगु ज्वरो (Dengue Fever) | View/Download | 2079/80 | NHEICC |
2 | Dengue Search and Destroy | View/Download | 2079/80 | NHEICC |
3 | Sanitation and Water Purification – Animated | View/Download | 2079/80 | NHEICC |