हरेक वर्ष रोकथाम तथा तत्कालै उपचार गरी निको पार्न सकिने विभिन्न रोगहरूबाट बच्चाहरूको अकालमा मृत्यु भैरहेको छ । नेपालमा मृत्यु हुने ५ वर्ष मुनिका बालबालिकाहरू मध्ये अधिकांशको मृत्यु न्युमोनिया, झाडापखाला, औलो, दादुरा अथवा कुपोषणका कारणले हुने गरेको छ । यदि हामीले बाल स्वास्थ्य सम्बन्धी समस्याहरू के के हुन्, ती समस्याको घरैमा प्रारम्भिक उपचार कसरी गर्ने, र बाल स्वास्थ्य सम्बन्धी के के सेवाहरू आफ्नो वार्ड भित्र उपलव्ध छन् भन्ने सम्वन्धमा राम्रोसंग बुझ्यौं भने हामीहरुले बच्चाहरूको जीवन बचाउन सक्छौं । आफ्नो बच्चाहरूको असल भविष्य सुनिश्चित गर्न आफूले घरैमा गर्न सक्ने सम्पूर्ण स्याहार तथा उपचार गर्ने जिम्मेवारी आमाबाबु तथा परिवारको हुन्छ । यदि बच्चाको स्याहार तथा घरैमा उपचार गर्ने सम्वन्धमा कुनै कुरा जान्नुपर्ने छ भने आफ्नो नजिकैको महिला स्वास्थ्य स्वयंसेविकालाई सोध्न सकिन्छ अथवा नजिकैको स्वस्थ्य कार्यकर्ताबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

सानो र व्यवस्थित परिवारले आफ्ना बालबालिकाको हेरचाह गर्न सक्छन । परिवारले बालबालिकाको उचीत हेरचाह र स्याहार गर्न निम्नलिखित कुराहरू गर्नुपर्ने हुन्छ
o बच्चा जन्मिेको १ घण्टा भित्र स्तनपान गराउनु पर्छ र ६ महिनासम्म पूर्णरुपमा स्तनपान मात्र गराइरहनु पर्छ
o बच्चा ६ महिनाको भएपछि थप नरम र मिश्रित खाना (लिटो) ख्वाउन शुरु गर्नु पर्छ (चामल, मकै, भटमास, कोदो गहु, दाल, गेडागुडी, हरियो सागपात, मासु, माछा, अण्डा, दुध र दुधबाट बनेको खानेकुराहरू, आफ्नो गॉउघरमा जहॉ जे पाइन्छ मिलाएर नरम तथा मिश्रित खाना तयार गर्न सकिन्छ) । साथै बच्चालाई २ वर्षको उमेर सम्म स्तनपान पनि गराइरहनु पर्छ
o बच्चालाई पर्याप्त मात्रामा पोषिलो खाना खुवाउने– खाद्य पदार्थहरू उचित परिमाणमा मिलाएर पोषिलो खाना तयार गर्न सकिन्छ
o प्रत्येक महिना स्वास्थ्यकर्मी संग बच्चाको तौल लिई पोषण सम्बन्धी सल्लाह लिनु पर्छ
o सबै प्रकारका खोपहरूको मात्रा १ बर्ष भित्रमा पुरा गर्नु पर्छ
o बच्चाहरूको सरसफाईमा थप ध्यानदिनु पर्छ
o बच्चालाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा सकेसम्म नजिकको महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य कार्यकर्ता संग छिटो उपचार गराउनु पर्छ
o राष्ट्रिय भिटामिन “ए” तथा राष्ट्रिय पोलियो कार्यक्रमहरूमा सहभागी हुनु पर्छ । साथै आफ्नो बच्चालाई ६,६ महिनामा जुकाको औषधि खुवाउनु पर्छ ड्ड आयोडिन युक्त नुन प्रयोग गर्नु पर्छ

हरेक समुदायमा तथा वडाहरूमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सक्रिय रुपमा काम गरिरहेका छन् । उनीहरूले बाल स्वास्थ्य सेवाहरूलाई घरदैलोमा पु¥याएर महत्वपूर्ण काम गरिरहेका छन । यसरी बालबालिकाहरूलाई बचाउने काममा निस्वार्थ भएर, विना पैसा सेवा पु¥याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आदर गर्ने तथा उनीहरूले भनेका कुराहरू सुनेर, बुझेर तथा उनीहरूले भने अनुसारको वानी ब्यवहारमा परिवर्तन गरेर महिला स्वास्थ्य स्वयंसेविकालाई सहयोग पु¥याउन सकिन्छ ।
महिला स्वास्थ्य स्वयंसेविकाले बच्चाको घरैमा उपचार गर्ने बारे र थप उपचारका लागि कहाँ लैजाने भन्ने जानकारी दिन सक्छन्् । हामीले महिला स्वास्थ्य स्वयंसेविकाले भनेका कुराहरू पालना गर्न (खास गरेर उनीहरूले प्रेषण गरे अनुसार गर्न) र उनीहरूवाट दिइने सेवाको उपयोग गर्न अति नै महत्वपूर्ण हुन्छ, किनभने आफ्ना बालबालिकाहरूको जीवन बचाउने पहिलो जिम्मेवारी आमाबाबुकै हुन्छ ।


सरुवा रोगहरू लाग्नबाट बचाउन दिइने औषधिलाई नै खोप भन्दछन् । बालबालिकाहरुलाई खोप लगाएर विभिन्न खतरनाक सरुवा रोग लाग्नबाट बचाउन सकिन्छ । खोपले बालबालिकाहरुलाई रोगसँग लड्ने शक्ति पैदा गर्दछ । खोपहरू खुवाएर अथवा सूईको माध्यमबाट दिन सकिन्छ । सबै खोपहरू बालबालिकाहरु जन्मेदेखि १ वर्षको उमेरभित्रै पूरा गर्नु पर्दछ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फुन्जाबाट हुने निमोनिया तथा मेनिनजाइटिस, पोलियो, दादुरा र रुबेला जस्ता ९ प्रकारका प्राणघातक रोगहरु विरुद्ध बच्चालाई खोप लगाउनु पर्दछ । साथै जे.ई. जोखिममा रहेका जिल्लाहरुमा १२ महिनादेखि २३ महिनाका बालबालिकाहरुलाई जे.ई. खोप पनि दिनु पर्दछ । त्यसैगरी गर्भवती महिलाहरुलाई टि.टि. खोप दिइन्छ ।
खोप दिने पटक, समय र उमेर (खोप तालिका)

खोपको नाम मात्रा दिनु पर्ने उमेर कुन रोगबाट बचाउँछ खोप तालिका वि.सि.जी डि.पी.टी. हेप बी हिब पोलियो दादुरा–रुबेला टि.टि. १(एक पटक) ३(तीन पटक) १(एक पटक) जन्मनासाथ वा जन्मेदेखि १ वर्ष भित्र ६ हप्ता, १० हप्ता र १४ हप्तामा ९ महिनाको उमेर देखि एक वर्ष भित्रको उमेरमा पहिलो पटक गर्भवती भएको थाहा पाउने वित्तिकै पहिलो मात्रा, त्यसको १ महिनापछि दोस्रो तथा त्यसपछिका गर्भवतीमा १÷१ पटक क्षयरोग भ्यागुते रोग, लहरे खोकी, पोलियो, धनुष्टकार, हेपाटाइटिस बी र हेमोफिलस इनफ्लुएन्जाबाट हुने निमोनिया तथा मेनिजाइटिस, पोलियो बाट हुने लुलो लङ्गडो (पक्षघात) दादुरा तथा रुबेला धनुष्टकार
o तराईको जिल्लाहरूमा १२ महिना देखि २३ महिना सम्मका बच्चाहरूलाई जापानिज ईन्सेफ्लाइटिस खोप दिइन्छ ।
o बच्चालाई सामान्य झाडा पखला लागेको वा सामान्य ज्वरो आएको छ भने पनि खोप लगाउन सकिन्छ ।
o खोपका निम्नलिखित सामान्य असरहरू अस्थायी रुपमा देखिन सक्छन् तर यी असरहरू हानिकारक हुदैनन् त्यसैले चिन्ता लिनुपर्दैनः
o हल्का ज्वरो आउने ड्ड खोप लगाएको ठाउमा सुन्निने

यी असरहरु केही समय वा दिन पछि आफै हराएर जान्छन्
o बच्चाको जीवन स्वस्थ राख्न तथा बच्चालाई मृत्युको खतराबाट वचाउन सवै खोपका सवै मात्राहरू पुरा गर्न अत्यन्त जरुरी हुन्छ । परिवारका सदस्यहरूले आफ्नो बच्चाहरूलाई पूर्ण रुपमा खोप नलगाएमा उनीहरूको बच्चा विरामी पर्न अथवा मृत्यु हुने सम्भावना बढन सक्छ । परिवारले आफ्ना बच्चाहरूलाई सवै खोपको मात्रा पुरा गरेर रोग लाग्नबाट सुरक्षित राख्न सक्छन् ।
o क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फुन्जाबाट हुने निमोनिया तथा मेनिन्जाइटिस, पोलियो, दादुरा–रुबेला जस्ता ९ प्रकारका प्राणघातक रोगहरू विरुद्ध खोप निशुल्क रुपमा प्रत्येक गा.वि.स., नगरपालिका, महानगरपालिकाका बडाहरूका खोप केन्द्र तथा स्थानीय स्वास्थ्य संस्थाहरूमा नियमित रुपमा लगाइन्छ । खोप लगाउने मिति र स्थानको वारेमा महिला स्वास्थ्य स्वयंसेविका, ग्रामीण स्वास्थ्य कार्यकर्ता÷मातृ शिशु कार्यकर्ता, उपस्वास्थ्यचौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पतालबाट थाहा पाउन सकिन्छ भने राष्ट्रिय रुपमा संचालन हुने कार्यक्रमको सम्वन्धमा विभिन्न पर्चा, पोस्टर, पत्रपत्रिका, रेडियो तथा टि.भी.बाट समेत थाहा पाउन सकिन्छ ।


o पाँच वर्ष मुनिका हरेक बच्चाहरूमा प्रायजसो पखाला लाग्ने गर्दछ र सानो परिवार भएका अभिभावकहरूले विरामी बच्चालाई स्याहार सुसार गर्न प्रसस्त समय पाउ‘छन् । १ दिन वा २४ घण्टामा तीन वा सो भन्दा बढी पटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ । ऑखाले देख्न नसकिने ससाना भाईरस, ब्याक्टेरिया र प्रोटोजोआ जस्ता सुक्ष्म जीवाणुहरू, किटाणु तथा परजिवीहरूको कारणवाट पखाला रोग लाग्दछ । पखाला लागेको बच्चालाई समयमै उचित स्याहार तथा उपचार नगरेमा बच्चाको अवस्था गम्भीर भई मृत्यु हुने सम्भावना हुन्छ ।
o यसैले यस्ता जलवियोजनका समस्याबाट जोगाउन बच्चालाई पखाला लागेमा तुरुन्तै घरेलु उपचारका उपायहरू अवलम्बन गर्नु पर्दछ ।

बच्चालाई पखाला शुरु हुनासाथ निम्न कुराहरू गर्नुपर्दछ :
o धेरै पटक स्तनपान गराईरहने
o प्रशस्त मात्रामा झोलकुरा खुवाउने जस्तैः गेडागुडीको झोल, दालको झोल, तरकारीको झोल, भातको माड, सफा सादा पानी, दहि, महि आदि साबिक भन्दा बढी मात्रामा खुवाउने
o पखालावाट बच्चाहरूमा कुपोषित हुने हुदा कुपोषणवाट बचाउन सजिलै पचाउन सक्ने नरम खानेकुरा साबिकको भन्दा बढि खुवाउने
o पखाला थामिए पछि पनि २ हप्ता सम्म सधै खाने भन्दा थप १ पटक खाना खुवाउनु पर्छ
o बच्चाको उमेर अनुसार ५ वर्ष मुनिका बच्चालाई दिनमा १ पटक १० दिन सम्म जिङ्क चक्की पनि खुवाउनु पर्छ
o पुनर्जलीय झोलको पुरियाको साथै जिङ्क चक्की महिला स्वास्थ्य स्वयंसेविका अथवा स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ
o पखाला लागेको बच्चालाई पुनर्जलीय झोल खुवाउने । यसरी उपचार गर्दा पनि बच्चाको स्वास्थ्यमा सुधार नभएमा वा झन विरामी भएमा खान पिउन नसके, ज्वरो आए, दिसामा रगत देखा परे बच्चालाई तुरुन्त स्वास्थ्य कार्यकर्ता वा स्वास्थ्य संस्थामा लैजानु पर्दछ

तल दिएका ६ वटा लक्षण तथा चिन्हहरू मध्ये कुनै पनि देखिएमा बच्चालाई स्वास्थ्य संस्थामा तुरुन्त लैजानुपर्छ
१. धेरै पटक पातलो दिसा गरेमा
२. तारन्तार बान्ता गरेमा
३. ज्यादै तिर्खाएको भएमा
४. राम्ररी खाने वा पिउने नगरेमा
५. ज्वरो आएमा
६. दिसामा रगत देखा परेमा

झाडापखाला रोग लाग्नबाट बचाउने निम्नलिखित उपायहरू अपनाएर आमाबाबुले आफ्नो बच्चालाई यो रोगबाट वचाउन सक्छन् :
o बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने
o बच्चा ६ महिना पुगेपछि आमाको दूधको साथै अन्य थप पोषिलो खानाहरू खुवाउने
o बच्चालाई कम्तिमा २ वर्षसम्म आमाको दूध खुवाईरहने ड्ड सुरक्षित सफा पानी मात्र पिउन दिने
o दिसा धोए पछि, बच्चाको खाना बनाउनु र खुवाउनु अगाडि साबुन पानीले राम्रोसंग हात धुने
o चर्पीको प्रयोग गर्ने र बच्चाहरूको दिसालाई उचित विसर्जन गर्ने
o जन्मेको पहिलो वर्ष भित्र सबै खोप पुरा लगाउने
o बच्चा ९ महिना पुगेपछि दादुराको खोप लगाउने
सानो कुरामा ध्यान पु¥याउँदा बच्चाको ज्यान बचाउन सकिन्छ

जलवियोजन र पुनर्जलीय उपचार
पखाला लागेको बेलामा शरीरमा भएको पानी, नुन, चिनी र अन्य खनिज पदार्थ/लवणहरू खेर जानुलाई जलवियोजन भनिन्छ । प्वाल परेको गाग्रोबाट पानी चुहिए जस्तै मानिसको शरीरबाट पानी, नुन र चिनी खेर जान्छ । त्यस्तै जल वियोजन भएको अवस्थामा पानी नुन र चिनी जस्ता तत्वहरू खुवाएर खेरा गएको पदार्थलाई पुरा गर्ने कामलाई पुनजर्लिय उपचार भनिन्छ । यसरी ३, ४ दिनसम्म पानी, नुन र चिनी, लवण (खनिज पदार्थ) जस्ता तत्वहरू प्राप्त हुने खानेकुराहरू खुवाइ रह्यो भने विरामी बच्चा जलवियोजन निको हुदै जान्छ र पखाला आफै निको हुन पनि हुन्छ । ख्ोर गएको पानी,नुन र चिनी जस्ता पदार्थहरू पुरा नगरेमा बच्चाको ज्यान पनि जान सक्छ । त्यसैले खेर गएका यी पदार्थहरू पुरा गर्न पुनजर्लीय झोल खुवाउनु पर्छ । पखाला लागेको विरामीलाइ दिनको एक पटक दश दिनसम्म जिंङ्क चक्की पनि खुवाउनु पर्छ । जिंङ्क चक्की महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।

जिङ्क चक्कीका फाइदाहरू:
o कडा जलवियोजन हुनबाट बचाउँछ, छिटो निको हुन मद्धत गर्छ
o पखालाको पटकमा कमी ल्याउँछ
o भविष्यमा रोकथाम गर्न मद्धत गर्दछ

पुनर्जलिय झोल तयार गर्ने तरिका
o पुनर्जलीय झोल बनाउने ब्यक्तिले आफ्नो हात साबुनपानीले मिचीमिची राम्रोसंग धुने ।
o सफा भाँडोमा ६ चिया गिलासभरी (१ लिटर) सफा खाने पानी राख्ने। त्यो सफा पानीमा एउटा पुनर्जलीय पाकेटको धुलो पुरै मिसाउने । सो पानीलाई सफा चम्चा वा डाडुले राम्ररी चलाएर घोल्ने ।
o तयार पारिएको पुनर्जलीय झोल बच्चाले चाहे जति विस्तारै विस्तारै खुवाइरहनु पर्छ र यसरी तयार पारिएको पुनर्जलीय झोल २४ घण्टाभित्र खुवाइ सक्ने ।
o पानीमा राख्नु अघि पुनजर्लीय पाकेटको धुलो पुरीया भित्र हल्लाएर विग्रेको, चिसो ठाँउमा राखेर ओसीएको वा डल्लो परेर विग्रिएको वा पुरिया प्वाल परेको छ वा छैन भनि पक्का गरे पछि यदि नविग्रीएको भएमा मात्र प्रयोग गर्ने ।
o पुनर्जलिय झोल बनाइसके पछि तताउनु हुदैन ।

पुनर्जलीय झोल पखाला रोक्ने औषधि नभै खेर गएको नुन, चिनी अन्य खनिज पदार्थ र पानी पुर्ति गर्ने उपचारको उपाय मात्र हो । पुनजर्लीय झोल र जिङ्क चक्की खुवाइ राख्दा पनि पखाला नरोकिएमा वा कम नभएमा विरामीलाई तुरुन्तै स्वास्थ्य संस्थामा लैजानु पर्छ ।


नेपालमा अधिकांश बच्चाहरूलाई रुघाखोकीे तथा न्युमोनिया रोग लाग्ने गर्दछ । औषतमा एक जना बच्चा एक वर्षमा ४, ५ पटक सम्म रुघाखोकी लागेका मध्ये करिव ३० प्रतिशतलाई निमोनिया हुन सक्छ । रुघाखोकी लागेका वालवालिकाहरूको घरैमा उचित हेरचाह गरेमा उनीहरूलाई सजिलैसंग निको पार्न सकिन्छ । तर, रुघा खोकीको समयमै उचित उपचार हुन नसकेमा बच्चालाई निमोनिया हुनसक्छ । समयमै हेरचाह नपाएमा धेरै बच्चाहरू निमोनिया भएर मर्छन् । सबै आमा बाबुले निमोनियाको उपचार नपाएर बच्चा कदापि मर्नु हुंदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । त्यसकारण, समुदायका प्रत्येक व्यक्तिले रुघाखोकीको उपचार गर्न तथा निमोनियाका लक्षण वा चिन्हहरू पहिचान गर्न सिक्नुपर्छ, जसले गर्दा आफ्ना बालबालिकाको जीवन रक्षा गर्न सकिन्छ । >बच्चाहरूलाई रुघाखोकी लागेको छ भने (नाकबाट पातलो सिगांन बग्ने, खोकी लाग्ने) परिवारका सदस्यहरूले घरैमा बच्चाको उचित स्याहार गर्नुपर्छ । बच्चाको उचित स्याहार गर्ने सम्वन्धमा तपाईको नजिकैको महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य कार्यकर्तासंग जानकारी लिनु पर्छ ।

यदि बच्चाको राम्रो स्याहार तथा उपचार हुन सकेन भने रुघाखोकी झन विग्रदै जान्छ र बच्चालाई निमोनिया हुन् सक्छ । निमोनियाको तुरुन्तै उपचार गर्नुपर्छ । निमोनियाको तत्काल उचित उपचार भएन भने बच्चा मर्न पनि सक्छ । परिवारका सदस्यहरूले विरामी बच्चालाई होशियारीपूर्वक हेर्नु पर्छ ।

निमोनियाको तत्काल उपचार गराउनु पर्ने लक्षण तथा चिन्हहरू यस प्रकार छन
o बच्चालाई स्वास फेर्न गाह्रो हुने वा छिटो छिटो सास फेर्नु नै निमोनियाको मुख्य लक्षण वा चिन्ह हो । उमेर अनुसारको सासदर छिटो छिटो भन्नाले
o २ महिना भन्दा कम उमेरको ६० पटक वा सो भन्दा माथि
o २ महिना देखि ५ वर्ष सम्म ५० पटक वा सो भन्दा माथि

निमोनियाको उपचार तत्काल नभए देखा पर्ने खतराका चिन्हहरू निम्न अनुसारका छन ।
o कोखा हान्नु
o बच्चाले आमाको दूध चुस्न नसक्नु वा झोल कुराहरू पिउन नसक्नु
o बच्चालाई ब्यु‘झाउन गाह्रो हुने अथवा सुस्त वा बेहोस हुनु
o ज्वरो आउने (यदि बच्चा दुई महिना भन्दा कम उमेरको छ भने)
o शिताङ्ग हुने(यदि बच्चा २ महिना भन्दा कम उमेरको छ भने )

यदि विरामी बच्चामा माथिका कुने पनि लक्षण अथवा चिन्हहरू छन्, भने बच्चालाई तुरुन्तै नजिकको महिला स्वास्थ्य स्वयंसेविकाकोमा अथवा स्वास्थ्य संस्थामा लैजानुपर्छ । उनीहरूले दिएको सल्लाह अनुसार आमाबाबुले बच्चाको स्याहार गर्नुपर्छ ।

कुनै बच्चा उसकै उमेरका अरु बच्चा भन्दा दुब्लो पातलो छ भने उसलाई कुपोषण भएको हुन सक्छ । यदि यस्तो बच्चालाई रुघा खोकी लाग्यो भने तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ, किनभने उसलाई निमोनिया हुने सम्भावना वढी हुन्छ ।

निमोनियाबाट बच्चाहरूको अकाल मृत्यु भएको सबैले सुनेकै छौ । अतः बच्चालाई सामान्य रुघाखोकी लाग्यो भने आमाबाबुले उसको राम्रो हेरविचार गर्नुपर्छ र यदि बच्चामा निमोनियाका लक्षण देखिएमा तुरुन्तै महिला स्वास्थ्य स्वयंसेवीका स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई रुघाखोकी तथा निमोनियाको जाँच र उपचार गर्न सरकारले औषधि तथा उपकरण दिएको छ र उनीहरु सक्षम छन् ।

रुघा खोकीको घरैमा उपचार तथा रोकथाम
o सबै आमाबाबुले आफ्ना बच्चाहरूको राम्रो स्याहार गरेर उनीहरूलाई स्वस्थ र सुखी राख्न चाहन्छन् । यदि सामान्य रुघाखोकीको उचित उपचार गरिएन भने बच्चालाई निमोनिया हुन सक्छ ।
o बच्चालाई रुघाखोकी लागेमा यसलाई गम्भीरतापूर्वक लिनुपर्छ र बच्चालाई निमोनिया हुन नपाओस् भनेर अत्यन्त होशियार हुनुपर्छ । रुघाखोकी लागेका बच्चाको घरेलु उपचार ज्यादै महत्वपूर्ण छ ।
o बच्चा बिरामी परेको कुरा अक्सर गरेर आमालाई थाहा हुन्छ । अतः आमाले आफ्नो बच्चालाई रुघाखोकी लागेको अथवा छिटो छिटो सास फेर्ने, कोखा हान्ने जस्ता चिन्हहरू देखिएमा महिला स्वास्थ्य स्वयंसेविकासंग अथवा स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्छ । महिला स्वास्थ्य स्वयंसेविकाले रुघाखोकीको घरेलु उपचार बारे जानकारी दिन सक्छिन् ।

रुघाखोकीको घरेलु उपचार

तल दिइएका निर्देशनहरूको पालना गरेर रुघाखोकी लागेको बच्चालाई स्याहार गरेमा उसलाई निमोनिया हुनबाट बचाउन सकिन्छ

o बच्चालाई स्तनपान पटक पटक गराइरहने
o साविक भन्दा वढी पटक खाना र झोल कुराहरू खान दिने
o बच्चाको नाक वेला वेलामा सफा गरिदिने
o खोकी तथा बच्चाको घॉटीको दुखाई कम गर्न अदुवा, तुलसी पत्ता, कागतीको रस, मह आदि मिसाएको तातो पानी अलि अलि खान दिने
o बच्चालाई न्यानो पारेर राख्ने, तर नगुम्स्याउने
o बच्चालाई धु‘वा धुलोबाट बचाउने

प्रत्येक आमाबाबुले जान्नै पर्ने कुराहरूः
o बच्चालाई सामान्य रुघाखोकी लागेमा घरैमा उपचार गर्ने र महिला स्वास्थ्य स्वयंसेविकाको सल्लाह तथा सहयोग लिने निमोनियाका निम्नलिखित चिन्हहरू देखिएमा बच्चालाई तत्काल उपचार गराउन स्वास्थ्य संस्थामा लैजाने
o छिटो छिटो स्वास फेरेमा ड्ड कोखा हानेमा
o झोल कुरा पिउन नसकेमा वा आमाको दुध राम्ररी नचुसेमा
o धेरै सुतिरहने वा व्युझाउन गाह्रो भएमा ड्ड कुपोषण देखिएमा


दादुरालाई ठाँउ विशेष अनुसार शीतला, खसरा तथा रोपातीका इत्यादि नामले चिनीन्छ । यो रोग महामारीका रुपमा पनि फैलन सक्छ । यसले ५ बर्षमुनीका बच्चाहरूलाई बढी आक्रमण गर्दछ ।

रोगीको रगत, मुख तथा नाकको सिंगानमा पाइने एक किसिमको सुक्ष्म विषाणुको कारणले दादुरा हुन्छ । रोग फैलाउनेमा दुषित बातावरण, कुपोषण तथा घना आवादीले सहायक भुमीका खेलेको हुन्छ । तसर्थ दादुराको प्रकोप ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी देखा पर्ने सम्भावना हुन्छ ।

रोगी व्यक्ति नै यसको प्रमुख श्रोत हुन् । हच्छ्‘यु गर्दा, खोक्दा, बोल्दा थुकको छिटा र हावाद्धारा यो रोग एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्छ । यो रोगका लक्षण देखा पर्न थालेको १० दिनको बीचमा सवभन्दा बढी सर्ने हुन्छ ।

निम्न लक्षणहरू देखा परेमा दादुरा आएको हुन सक्छ ।
o बढी ज्वरो आउने
o रुघाखोकी लाग्ने, ऑखा रातो हुने, चिप्रा लाग्ने र नाकबाट पानी बग्ने
o अनुहार रातो देखिने
o कानको पछाडि डावर देखिन्छ र पछि क्रमसंग शरीर भरि नै फैलिन्छ

माथि उल्लेखित लक्षणहरू देखिएमा तुरुन्त नजिकैको स्वास्थ्यकेन्द्रमा लगी स्वास्थ्यकर्मीले भने बमोजिम उपचार गराउनु पर्दछ ।
दादुरामा भिटामिन ए दिनु पर्छ । पहिलो र दोश्रो दिन गरि भिटामिन ए (उमेर अनुसार) स्वास्थ्य संस्थाबाट निशुल्क प्राप्त गर्न सकिन्छ ।