Diarrhoea ( झाडापखाला )

Communicable Diseases (सरुवा रोगहरु) > Diarrhoea ( झाडापखाला )

 

दिनमा तीन वा सोभन्दा बढी पानी जस्तो पातलो दिसा भएमा झाडापखाला भनिन्छ । झाडापखालाले शरीरबाट पानी, खनीज तत्व वा पोषक तत्व खेर गई समयमा उपचार नभएमा मृत्यु पनि हुन सक्छ । यो रोग महामारी कै रुपमा फैलिई समुदायलाई नै ठूलो असर पु¥याउन पनि सक्छ ।

झाडापखाला लाग्दा शरीरबाट पानी, खनीज तत्व र पोषकतत्व खेर जाने भएकोले यसले जलवियोजन भई मानिसको मृत्यु हुन सक्छ । त्यसैले झाडापखाला लाग्दा जलवियोजन हुन नदिन पुनजर्लिय झोल, भातको माड, गेडागुडी तथा तरकारीको झोल आदि तुरुन्त र लगातार खानु पर्छ ।

  • मुख्यतया रोगीको मलमूत्र पानी वा खानामा मिसिएर त्यस्तो पानी र खाना खाँदा
  • फोहर तथा वासी सडे गलेको खानेकुरा खाँदा
  • झिँगाको माध्यमबाट
  • फोहर पानी खा‘दा वा प्रयोग गर्दा
  • फोहर वातावरणबाट फैलिन्छ
  • फोहोर हात तथा भाडा कुडावाट
  • पातलो दिसा हुने
  • शरीरको तापक्रम कम हुने
  • असाध्यै तिर्खा लाग्ने
  • गाउँमा एक्कैपटक धेरैलाई वा एक परिवारका धेरैलाई झाडापखाला हुने
  • बिरामी चाँडै सिकिस्त हुने
  • वान्ता पनि हुन सक्छ

झाडापखालाका थप लक्षणहरूः

  • बारम्बार बान्ता हुने
  • दिशामा आउँमासी वा रगत देखा पर्ने
  • ज्वरो आउनु
  • पेट दुख्ने आदि

जलवियोजनका लक्षणहरूः

  • तिर्खा लाग्ने
  • छाला सुख्खा हुने
  • ओठ, मुख र जिब्रो सुख्खा हुने वा सुक्ने
  • आँखा गड्निे, सानो बच्चा भए तालु धस्रीने, रुँदा आँसु नआउने
  • पेटमा छाला तानी छोड्दा ३ मीनेट सम्म पनि आफ्नो ठाँउमा नर्फकने
  • खुल्ला ठाँउमा दिसा पिसाब नगरी चर्पिमा मात्र दिसा पिसाब गर्ने र बच्चाको दिसा पिसाब चर्पिमा विर्सजन गर्ने ।
  • पानी उमालेर, फील्टर गरेर वा छानेर, क्लोरिन झोलरट्याब्लेट निर्देशानुसार पानीमा मिलाएर, सोडिस विधिवाट शुद्धिकरण गरेर मात्र पिउने
  • दिसा गरिसकेपछि वा बच्चाको दिसा धोएपछि, फोहोर छोएपछि र खाना बनाउनु, खुवाउनु वा खानु अघि साबुन पानीले मिचिमिचि हात धुने
  • रोगीको दिसा चर्पीमा लगेर वा चर्पी नभएको ठाँउमा जमिनमा खाल्डो खनी गाड्ने वा माटोले छोप्ने
  • बासी, काँचो वा सडेगलेका, बासी तथा झिगां भन्नेका खाद्यपदार्थ नखाने बजारमा साथै त्यस्ता खाद्यपदार्थ बेच्ने कार्यलाई निरुत्साहित गर्ने
  • दूधलाई राम्ररी उमालेर मात्र पिउने
  • बजारमा तयार गरिएको मिठाई, सर्बत तथा बरफ नखाने
  • झिँगाको बृद्धि हुने बाटो रोक्नु पर्दछ र खाद्यपदार्थलाई झिँगा तथा धूलोबाट सुरक्षित राख्ने
  • काँचो खाने चीजहरू राम्रोसँग सफा पानीले धोएर मात्र खाने
  • झाडापखाला सुरु हुने बित्तिकै तथा यसको शंका लाग्ने बित्तिकै नजिकको स्वास्थ्य संस्था अथवा स्वास्थ्य कार्यकर्तालाई जानकारी गराउने
  • रोग फैलिएको बेलामा साधारण झाडापखला लागेमा नजीकको स्वास्थ्य संस्था वा स्वास्थकर्मी वा महिला स्वास्थ्य स्वयंसेवीकासँग सम्र्पक गरी हाल्ने
  • खानेपानीको मुहान सरसफाई र सुरक्षित राख्ने
  • वेलावेलामा खानेपानी जँचाउने

सरुवा रोगहरु (Communicable Diseases)

  • क्षयरोग (Tuberculosis)
  • झाडाखाला (Diahhroea)
  • आउँमासी ()
  • म्यादे ज्वरो (Typhoid)
  • कमलपित्त (Jundice)
  • बाथ मुटु रोग
  • औलो (Malaria)
  • जापानिज इन्सफलाइटिस (Japanese Encephalitis)
  • डेंगु (Dengue)
  • कालाजार (Kala-azar)
  • हात्तिपाइले रोग (Lymphatic filariasis)
  • ब्रुसिलोसिस (Brucellosis)
  • स्क्रब टाईफस (Scrub Typhus)
  • रेबिज (Rabies)
  • कुष्ठरोग (leprosy)
  • लुतो ()
  • लेप्टोस्पाइरोसिस (Leptospirosis)
  • टक्सोप्लाजमोसिस (Toxoplasmosis)
  • बर्ड फ्लु (Bird Flu)
  • पाण्डमिक इन्फुलुन्जा “ए” (Pandemic Influenza)
 

समुदायमा झाडा पखाला फैलिनुभन्दा पहिले तथा झाडा पखाला फैलिएका बेलामा जनतालाई यस रोगसम्बन्धी आवश्यक जानकारीको लागि प्रचारप्रसारको माध्यम अपनाउनुपर्छ । झाडापखालाबाट बच्ने उपायहरूको बारेमा चित्र, पर्चा आदिको वितरणको साथै स्वास्थ्य शिक्षाको व्यवस्था पनि गर्नुपर्छ ।

स्वास्थ्य सामाग्रीहरु