Rabies ( रेबिज )

Communicable Diseases (सरुवा रोगहरु) >Rabies (रेबिज )
रेबिज रोग बहुला कुकुर वा अन्य बहुलाएको जनावरले टोकेमा लाग्छ । रेबिज रोग लागिसकेपछि कुनै पनि उपचार हुँदैन । बहुला कुकुर वा जनावरले टोक्ने वित्तिकै साबुन पानीले घाउ वा टोकेको भाग तुरुन्तै सफा गर्नुपर्छ । तत्पश्चात् परामर्शको लागि नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क राखी उपचार गराएमा भने रोगबाट बच्न सकिन्छ ।
  • टोक्ने कुकुर वा जनावरमा १० दिनभित्र रेविज लक्षणहरू देखिएमा
  • टोक्ने कुकुर वा जनावर चिनिएन, १० दिनभित्र म¥यो, मारियो वा बेपत्ता भएमा
  • लक्षणको आधारमा बहुला हो भन्ने यकिन भएको कुकुरले टोकेमा
  • शंकास्पद जनावरको गिदी प्रयोगशालामा परीक्षण गर्दा रेबिज भएको प्रमाणित भएमा
  • घाउ, चोटपटक लागेको भागमा बहुला जनावरको ¥याल परेमा
  • रेबिज भएको जनावरको मासु काटकुट गरेमा
  • ¥याल काँढी रहेका गाई भैसीहरूलाई खोरेल, भ्यागुते रोग भनी औषधि खुवाउन मुखमा हात हालेमा र पछि रेबिज भएको शंका भएमा
  • कुनै पनि जङ्गली जनावरले अकस्मात् आक्रमण गरेमा वा टोकेमा
  • रेबिजको लक्षणयुक्त व्यक्तिले टोकेमा वा आँखामा नै पर्ने गरी थुकेम
  • बिना कारण झम्टने
  • धेरै मानिस र पशुलाई एकै पटक आक्रमण गर्ने
  • चञ्चल हुने
  • ¥याल काढी रहने
  • पुच्छर तल झरेको हुने
  • मुख खुला हुने
  • धोत्रे स्वर निकाल्ने

पुनश्चः कुनै पनि शंकास्पद परिस्थितिमा विषय विशेषज्ञ, अनुभवी चिकित्सकको सल्लाहबमोजिम रेबिज बिरुद्ध सुई लिनु बुद्धिमानी हुन्छ ।बहुला कुकुर वा शंकास्पद जनावरले मानिसलाई टोकेपछि ¥यालमा रहेका रेविजका विषाणु टोकेको घाउबाट शरीरभित्र प्रवेश गर्दछन् र रेविज रोग लाग्छ ।

  • कुकुर वा जनावरले टोकेको घाउमा तुरुन्त साबुन र पानीले राम्ररी धुने
  • टोक्ने कुकुर वा जनावरको १० दिनसम्म गतिविधि हेर्ने
  • टोक्ने कुकुर वा जनावर १० दिनसम्म जीवित रहेमा रेबिज नलागेको ठहरिन्छ
  • टोक्ने कुकुर वा शंकास्पद जनावरले टोकेको १० दिन भित्र रेविजको लक्षण
  • देखापरेमा वा जनावर मरेमा वा बेपत्ता भएमा वा चिन्न नसकिएमा रेबिज रोग विशेषज्ञको सल्लाह लिएर मात्र रेबिजविरुद्ध खोप लगाउने
  • रेबिज रोगीलाई खानेकुरा दिएको, छोएको, चलाएको र रोगीको मृत्यु भइ मलामी गएकोमा खोप नलिने
  • घाउ नभएको भागमा ¥याल लागेमा खोप नलिने बरु तुरुन्त साबुन पानीले सो भाग राम्ररी धुने
  • पशुको मुखमा हात हाली औषधि खुवाउँदा घाउ नभएमा – खोप नलिने, हात साबुन पानीले राम्ररी धुने
  • रोगको लक्षण देखिनु पूर्व रोगीको जुठो खाएमा – खोप नलिने
  • रेबिज रोग लागेको जनावरको दूध पिएमा – खोप नलिने
  • घरखेतको मुसा, छुचुन्द्रोले टोकेमा – खोप नलिने बरु टिटानसको सुई मात्र लिने
  • देवस्थलमा भएका बाँदरले केही चिज खोस्दा टोकेमा – खोप नलिने, तर एकैपटक एकै समयमा धेरैलाई टोकेमा रेबिज विशेषज्ञरचिकित्सकको सल्लाहअनुसार मात्र खोप लिनु पर्छ

तीन महिनाभन्दा बढी उमेरको सामुदायिक कुकुर, घरमा पालेका कुकुर तथा बिरालोलाई जिल्लास्थित पशु सेवा निकायमा वर्षमा एक पटक अनिवार्य रुपमा नै जँचाएर एन्टिरेबिज भ्याक्सिन लगाउने बानी बसालेमा रेबिजबा बच्न सकिन्छ ।

सरुवा रोगहरु (Communicable Diseases)

 

IEC Materials