शाखाहरु
- स्वास्थ्य शिक्षा तथा सामग्री विकास सम्बन्धी राष्ट्रिय नीति, रणनीति, कानुन तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
- स्वास्थ्य शिक्षा तथा सामग्री विकास सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण का कार्यहरु गर्ने ।
- व्यवहार परिवर्तन तथा स्वास्थ्य शिक्षाजन्य सामाग्री विकास गर्ने ।
- संघको संलग्नतामा सञ्चालन गर्नुपर्ने सामग्री विकासका लागि सहजिकरण गर्ने ।
- सरोकारवाला निकायहरुसँग समन्वयमा स्वास्थ्य शिक्षा तथा सामग्री विकास गर्ने ।
- अनुगमन तथा मुल्यांकनका आधारमा आवश्यकता अनुसार स्वास्थ्य शिक्षा तथा सामग्रीको परिमार्जन गर्ने ।
- प्रदेशस्तरका स्वास्थ्य शिक्षा तथा सामग्री विकासका लागि प्राविधिक सहयोग गर्ने ।
- स्वास्थ्य संचार सम्बन्धी राष्ट्रिय नीति, रणनीति, कानुन तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
- स्वास्थ्य संचार सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड तथा एवम् गुणस्तर निर्धारणका कार्यहरु गर्ने ।
- स्वास्थ्यका लागि हानिकारक बस्तुहरुको बजारीकरणको तथा संचार सम्बन्धि निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवम् गुणस्तर निर्धारणका लागि सम्बद्ध निकायहरुसंग समन्वय र सहयोग गर्ने ।
- व्यवहार परिवर्तन तथा स्वास्थ्य संचार सम्बन्धि कार्यहरु समन्वयात्मक रुपमा प्रदेशस्तरमा कार्यान्वयनको लागि सहयोग गर्ने ।
- स्वास्थ्य संचर सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
- स्वास्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धी राष्ट्रिय नीति, रणनीति, कानुन तयार गर्न स्वास्थ्य तथा जनसंख्य मन्त्रालयलाई सहयोग गर्ने ।
- स्वास्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण का कायहरु गर्ने ।
- संबद्द निकायसँगको समन्वयमा मद्यपान एवं सुर्तिजन्य पदार्थका साथै स्वास्थ्यका लगि हानिकारिक बस्तुहरुको बजारीकरणको नियमन गर्ने ।
- स्वास्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा भएका नविनतम विकासबारे आधारमा सम्बद्ध निकायहरुलाई अद्यावधिक गर्ने तथा राय परामर्श दिने ।
- स्वस्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
- स्वास्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा सम्पर्क विन्दुको रुपमा काम गर्ने ।
- व्यवहार परिवर्तन तथा स्थास्थ्य संचार सम्बन्धि कार्यहरु संघ स्तरमा सञ्चालन गर्ने ।
- विद्यालय स्वास्थ्य लगायतका कार्यक्रम मार्फत व्यवहार परिवर्तन र स्वास्थ्य प्रवर्धनको लगि संबद्द निकायसँगको समन्वयमा कार्यक्रम सञ्चालनका लागि सहजिकरण गर्ने ।
- केन्द्रका लागि आवश्यक खरिद तथा आपूर्ति व्यवस्थापनका कार्यहरु गर्ने ।
- संघीयस्तरको तालिम सम्बन्धी वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।
- केन्द्र अन्तरगतका कार्यालयहरुका सामग्रीको व्यवस्थापन गर्ने ।
- केन्द्रका कर्मचारीहरुको हाजिर तथा विदा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- केन्द्रका कर्मचारीहरुको ब्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
- केन्द्र अन्तरगत दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।
- केन्द्रको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रबन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने ।
- केन्द्रमा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको व्यवस्था मिलाउने ।
- केन्द्र अन्तरगत जिन्सी व्यवस्थापन गर्ने ।
- केन्द्रको कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।
केन्द्रस्तरमा कानूनी परामर्श प्रदान गर्ने । - केन्द्र र अन्तरगतका कार्यालयका लागि आर्थिक विवरण तयार गर्ने ।
- केन्द्र अन्तरगतका अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
- केन्द्र अन्तरगतका शाखाहरुको बजेट निकासा गराउने ।
- केन्द्रको आन्तरिक लेखा परिक्षण गराउने ।
- केन्द्र अन्तरगतका कार्यालयहरुको अन्तिम लेखा परिक्षण गराउने ।
- केन्द्र अन्तरगत बेरुजुको लगत राख्ने तथा बेरुजु फछयौट गराउने ।
- केन्द्रको कार्य संचालनको निकासा लिने ।
- केन्द्रको दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
- केन्द्रको आर्थिक तथा आन्तरिक प्रशासन सम्बन्धी मासिक तथा वार्षिक विवरण तयार गर्ने ।
- केन्द्रको आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।
- संघीयस्तरको विर्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।