वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व त्रयोदशी - १३
"मानसिक स्वास्थ्य सचेतना अभियान २०८२" को सन्दर्भमा मिति २०८२ पौष ८ गते स्कुल हेल्थ नर्सहरूसँग अन्तक्रिया कार्यक्रम अनलाइन (Webinar) मार्फत सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको समन्वयमा एकै पटक दशैं भरका करिव ७५० भन्दा बढि स्कूल हेल्थ नर्सहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण गरियो । अभियानको सन्दर्भमा केन्द्रको तर्फबाट ब.ज.स्वा.प्र. शिला श्रेष्ठ र उपेन्द्र ढुंगाना र विश्व स्वास्थ्य संगठनबाट डा. केदार मराठ्ठाबाट प्रस्तुतिकरण गरिएको थियो ।
'स्वस्थ मनः स्वस्थ जीवन' मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को औपचारिक शुभारम्भ गरिएको छ । यो अभियान "मनको कुरा गरौं" भन्ने नाराका साथ देशभर मनाइँदै छ ।
अभियान ३ महिनासम्म सञ्चालन हुनेछ। हरेक महिनामा निश्चित विषय र त्यसैअनुसारका गतिविधिहरू केन्द्रित हुनेछन्।
थप जानकारीको लागि यस लिङ्कमा क्लिक गर्नुहोस्