Malaria ( औलो )

औलो रोग एक किसिमको परजीवीको कारणले गर्दा लाग्दछ । यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यसले वर्ष मुनिका केटाकेटी र गर्भवती महिलालाई विशेष असर गर्दछ । नेपालमा औलोरोग गर्मी तथा वर्षा याममा बढी मात्रामा देखिन्छ ।
औलोरोग लाग्नुका मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ हो । जमेको पानीमा लामखुट्टेले फूल पार्दछ ।

  • घर वरिपरिको वातावरण फोहोर भएमा
  • घर नजिक पानी जम्ने खाल्डा खुल्डि भएमा
  • राति झुल नलगाइकन सुतेमा
  • घर वरिपरि झाडी भएमा
  • झ्यालमा जाली वा लामखुट्टे भगाउने अन्य उपाय नगरेमा

औलोका परजीवीहरू बिरामी मानिसबाट पोथी एनोफिलीज लामखुट्टेले स्वस्थ मानिसमा सार्ने गर्दछ । रगत चुस्दा लामखुट्टेले बिरामीको शरीरमा रहेका औलोको परजीवीहरू पनि लिन्छ र सद्दे मानिसलाई टोक्दा रोग सर्छ ।

  • ज्वरो आउने (ज्वरो आउँदा कहिले दुई दिन बिराएर, कहिले एक दिन बिराएर आउने गर्दछ, कहिले दैनिक आउने गर्छ)
  • पसिना सहित कामज्वरो आउँने र ज्वरो कम भएपछि एकदम जाडो हुने
  • भोक नलाग्ने
  • टाउको बेस्सरी दुख्ने
  • कमजोरी हुने
  • वाक्वाकी र बान्ता हुने
  • हाडजार्नीहरू दुख्ने
  • ज्वरोपछि जाडो लाग्ने र दाँत कट्कटाउने पनि हुन सक्छ
  • गम्भीर तथा जटिल औलो भएमा सुस्त वा बेहोस हुनु, अत्यधिक ज्वरो आउनु तथा बारम्बार वान्ता हुने जस्ता लक्षणहरू देखिन्छन ५ वर्ष मुनिका बच्चाहरू, गर्भवती महिलालाई औलो लागेमा खतरनाक हुन्छ । समयमा उपचार नगराएमा यसको कारण गर्भवती महिला तथा बच्चा दुबैको मृत्यु पनि हुन सक्छ ।
  • घर वरिपरि पानी जम्न नदिने, घर वरिपरि टायर, ड्रम, भाडाकुडा तथा कुलरमा पानी जम्न नदिने र पानी जम्ने खाडलहरू पुर्ने
  • घरको झ्याल ढोकामा जाली लगाउने
  • झुल लगाएर सुत्ने, किटनाशक युक्त झुल सुपानेट भित्र सुत्दा बढी सुरक्षित हुन्छ
  • लामखुट्टे बढी भएको ठाउँमा औलो बढी हुने र लामखुट्टेले पानीमा मात्र फुल पार्ने भएकोले घर वरिपरि पानी जम्न नदिएमा लामखुट्टेको वृद्धि कम गर्न वा रोक्न सकिन्छ
  • औलो रोग लामखुट्टृको टोकाइले गर्दा हुने भएकोले लामखुट्टेको टोकाइबाट जोगिने
  • लामखुट्टे बस्ने ठाउँहरू तथा घरका कुनाकाप्चा र अँध्यारो ठाउँहरूमा किटनासक औषधिको झोल छर्कने । तर, उक्त किटनासक औषधि छर्कनु अगाडि नै बच्चाहरूलाई सो बाट टाढा राख्नुपर्दछ । खानेकुरा र बच्चाको लगाउने लुगा पनि सफा राख्ने तथा वातावरण सफा राख्ने
  • औलो रोगलाई रोकथाम गर्ने कुरा समुदायका जनतामा भर पर्दछ र ज्वरो आएको बेला सबैले रगत जचाँउने
  • औलो प्रभावित गाउँमा सरकारले घर तथा गोठभित्र कीटनाशक औषधि स्प्रे गराएपछि तीन महिनासम्म पर्खाल लिपपोत नगर्ने

सरुवा रोगहरु (Communicable Diseases)

 
औलो रोगको लक्षणहरू देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई रगत जाँच गराई तुरुन्तै औषधि लिनु पर्दछ । औलोको औषधि स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । गर्भवती महिलालाई औलोको शंका लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगी जाँच गराएर मात्र औषधि प्रयोग गर्नु पर्दछ । भारत तथा अन्य मुलुक जहाँ कडाखाले औलो हुन्छ, त्यस क्षेत्रबाट फर्के पछि रक्त जाँच गराई औषधि खानुपर्छ ।

स्वास्थ्य सामाग्रीहरु