Typhoid ( म्यादे ज्वरो )

Communicable Diseases (सरुवा रोगहरु) > Typhoid ( म्यादे ज्वरो )

 

टाइफाइड जिवाणुका कारणबाट हुने सरुवा रोग हो । यसलाई नेपालीमा बिषमज्वर अथवा म्यादेज्वरो पनि भनिन्छ । यो रोग खासगरी फोहर पानी तथा दूषित वातावरणले गर्दा हुन्छ । टाइफाइडका जीवाणु भएको बिरामीको दिसा, पिसाबबाट दुषित भएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्दछ ।

  • मुख्यतया रोगका विरामीको मलमूत्र, पानी वा खानामा मिसिएर त्यस्तो पानी खाना खाँदा
  • फोहर तथा वासी सडेगलेको खानेकुरा खाँदा
  • झिँगाको माध्यमबाट
  • फोहर पानी पिउँदा वा प्रयोग गर्दा
  • फोहर वातावरणबाट
  • फोहोर हात तथा भाडा कुडाबाट
  • लगातार ज्वरो आउनु
  • यो लाग्दा जस्तै जिउ तथा टाउको दुख्नेबाट सुरु भइ बिरामी सिकिस्त हुने
  • यो रोग लागेको बेलामा ज्वरो बढ्दा नाडीको गति कम हुने
  • बान्ता हुने, कब्जियत हुने वा पखाला लाग्ने, नाकबाट रगत आउने
  • पेट दुख्ने वा सुख्खा खोकी लाग्ने
  • कहिलेकाहीं शरीर कम्पन हुने तथा ज्वरो बढ्दै गएर बर्बराउने तथा बेहोस हुने समेत हुन सक्छ
  • कलेजो र फियो सुन्निन पनि सक्
  • यो रोगको मुख्य कारण फोहर वातावरण तथा फोहर पानी पिउनाले हो । त्यसैले पानी उमालेर, फिल्टर गरेर वा राम्ररी छानेर, क्लोरिन प्रयोग गरेर, सोडीस जस्ता विधि गरि शुद्धिकरण गरेर मात्र पिउने ।
  • बिरामीको दिसा–पिसाब सुरक्षित ढङ्गले चर्पीमा विसर्जन गर्ने । बिरामीको लुगाफाटा राम्रोसँग धोएर घाममा सुकाएर मात्र प्रयोग गर्ने
  • बिरामीको स्याहार सुसार गरेपछि राम्रोसँग साबुन पानीले मिचि मिचि हात धुने
    झिङ्गा भन्केका, बासी सडेगलेका खानेकुरा नखाने, जहिले पनि ताजा र सफा खानेकुरा मात्र खाने
  • बिरामी सन्चो भइसकेपछि पनि उसले अरु व्यक्तिलाई रोग सार्न सक्ने भएकाले दिसापिसाब चर्पीमा मात्र गर्ने र व्यक्तिगत सरसफाईमा विशेष ध्यान पु¥याउने
  • दिसा पिसाब सबैले सधै चर्पिमा मात्र गर्ने
  • दिसा गरिसकेपछि वा बच्चाको दिसा धोएपछि, फोहोर छोएपछि साबुन पानीले मिचिमिचि हात धुने
  • खाना खानु अघि, खाना बनाउनु अघि, खाना खुवाउनु अघि साबुन पानीले मिचिमिचि हात धुने
  • घर वरिपरि पानीको मुहान सँधै सफा राख्ने
  • खानेपानीलाई छोपेर राख्ने र भाँडामा सँधै सफा र घाममा सुखााएर मात्र प्रयोग गर्ने
  • खानाका लागि प्रयोग गर्ने भा‘डाकुडा‘ सफा पानीले धोएर घाममा सुकाएर मात्र प्रयोग गर्ने

सरुवा रोगहरु (Communicable Diseases)

  • क्षयरोग (Tuberculosis)
  • झाडाखाला (Diahhroea)
  • आउँमासी ()
  • म्यादे ज्वरो (Typhoid)
  • कमलपित्त (Jundice)
  • बाथ मुटु रोग
  • औलो (Malaria)
  • जापानिज इन्सफलाइटिस (Japanese Encephalitis)
  • डेंगु (Dengue)
  • कालाजार (Kala-azar)
  • हात्तिपाइले रोग (Lymphatic filariasis)
  • ब्रुसिलोसिस (Brucellosis)
  • स्क्रब टाईफस (Scrub Typhus)
  • रेबिज (Rabies)
  • कुष्ठरोग (leprosy)
  • लुतो ()
  • लेप्टोस्पाइरोसिस (Leptospirosis)
  • टक्सोप्लाजमोसिस (Toxoplasmosis)
  • बर्ड फ्लु (Bird Flu)
  • पाण्डमिक इन्फुलुन्जा “ए” (Pandemic Influenza)
 
टाइफाइडको कारणबाट मानिसको अकालमा मृत्यु पनि हुन सक्छ । यो रोग उपचार नगरी आफै निको हुँदैन । त्यसकारण आफ्नो घर परिवार, छिमेकमा कसैलाई यो रोग लागेको शंका लागेमा तुरुन्त उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ ।

IEC Materials