प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

"मानसिक स्वास्थ्य सचेतना अभियान २०८२", स्कुल हेल्थ नर्सहरूसँग अनलाइन अन्तक्रिया कार्यक्रम

"मानसिक स्वास्थ्य सचेतना अभियान २०८२", स्कुल हेल्थ नर्सहरूसँग अनलाइन अन्तक्रिया कार्यक्रम

"मानसिक स्वास्थ्य सचेतना अभियान २०८२" को सन्दर्भमा मिति २०८२ पौष ८ गते स्कुल हेल्थ नर्सहरूसँग अन्तक्रिया कार्यक्रम अनलाइन (Webinar) मार्फत सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको समन्वयमा एकै पटक दशैं भरका करिव ७५० भन्दा बढि स्कूल हेल्थ नर्सहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण गरियो । अभियानको सन्दर्भमा केन्द्रको तर्फबाट ब.ज.स्वा.प्र. शिला श्रेष्ठ र उपेन्द्र ढुंगाना र विश्व स्वास्थ्य संगठनबाट डा. केदार मराठ्ठाबाट प्रस्तुतिकरण गरिएको थियो ।

'स्वस्थ मनः स्वस्थ जीवन' मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को औपचारिक शुभारम्भ गरिएको छ । यो अभियान "मनको कुरा गरौं" भन्ने नाराका साथ देशभर मनाइँदै छ ।

अभियान ३ महिनासम्म सञ्चालन हुनेछ। हरेक महिनामा निश्चित विषय र त्यसैअनुसारका गतिविधिहरू केन्द्रित हुनेछन्।

थप जानकारीको लागि यस लिङ्कमा क्लिक गर्नुहोस्