बोलपत्रको म्याद थप सम्बन्धमा

यस केन्द्रले मिति २०८३/०१/२४ गते यसै केन्द्रको website Nheicc.gov.np मा राष्ट्रिय स्तरको बोलपत्र नं. NHEICC/NCB/२०८२/८३/०५, “Development and printing of different types of printed health messages” को मिति २०८३/०२/१४ गते खुल्ने गरी सूचना प्रकाशन गरेको थियो।

तर उक्त दिन सार्वजनिक बिदा हुन गएकोले यस केन्द्रको मिति २०८३/०२/११ को निर्णयअनुसार मिति २०८३/०२/१५ गते दिउँसो १२ बजे सम्म Bid हाल्न सकिने गरी म्याद थपिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ।