लागत अनुमान उपलब्ध गराई दिने बारेको सूचना (पुन प्रकाशित)

यस केन्द्रको आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम अनुसार तपसिलमा उल्लेखित प्रशारण तथा छपाई (उत्पादन) कार्यहरु गर्नका लागि यसैसाथ संलग्न स्पेसिफिकेसन अनुसार न्युनतम के कति दर रेटमा गर्न सकिन्छ सो को मु.अ.क. बाहेक लागत अनुमान ७ (सात) दिन भित्र भौतिक रुपमा वा ईमेल (info@nheicc.gov.np/ nheicc.nepal@gmail.com) मार्फत यस केन्द्रमा उपलब्ध गराई दिनु हुन अनुरोध छ।

दर रेट साथ पेश गर्नुपर्ने कागजातहरु:

  • संघ/संस्था कम्पनीको दर्ता प्रमाणपत्र
  • VAT/PAN दर्ताको प्रमाण पत्र
  • कर चुक्ताको प्रमाण पत्र (आ.व. २०८२/८३)

तपसिल:

  • स्तन क्यानसर सम्बन्धि फ्लिपचार्ट डिजाई तथा छपाई
  • स्वास्थ्यसम्बन्धी फ्लिपचार्ट डिजाईन तथा छपाई
  • किशोर किशोरी प्रजनन स्वास्थ्यसम्बन्धी फ्लिपचार्ट डिजाईन तथा छपाई
  • पाठेघरको मुखको क्यानसरसम्बन्धी फ्लिपचार्ट डिजाईन तथा छपाई
  • विभिन्न विषयमा स्वास्थ्यसम्बन्धी रेडियो संदेश  उत्पादन
  • विभिन्न विषयमा स्वास्थ्यसम्बन्धी पम्पलेट  उत्पादन र छपाई
  • विभिन्न विषयमा स्वास्थ्यसम्बन्धी माउन्ट बोर्ड उत्पादन र  छपाई
  • विभिन्न विषयमा स्वास्थ्यसम्बन्धी रेडियो संदेश प्रशारण
  • विभिन्न विषयमा स्वास्थ्यसम्बन्धी वाल चर्ट छपाई