Japanese Encephalitis (जापानिज इन्सफलाइटिस)

Communicable Diseases (सरुवा रोगहरु) >Japanese Encephalitis (जापानिज इन्सफलाइटिस)

 

 
जापानिज इन्सेफलाईटिस पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो रोग मानिसबाट मानिसमा सर्दैन । लामखुट्टेले पशु पंक्षीहरू जस्तै घोडा, सुँगुर, बँगुर, हाँस आदिलाई टोकेर मासिलाई टोक्यो भने यो रोग मानिसमा सर्दछ । यो रोगको जीबाणुले मानिसको मस्तिष्कमा असर पु¥याउँछ ।
  • बेस्सरी टाउको दुख्ने
  • धेरै ज्वरो आउने
  • बान्ता हुने
  • बेहोस हुने
  • घाँटी अररो (कडा) हुने
  • कम्पन हुने
  • पक्षघात हुने
  • रोग ज्यादै कडा भएमा बिरामीको मृत्युसमेत हुने
  • लामखुट्टेको नियन्त्रण गर्नु तथा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो ।
  • लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू
    सधै झूल टाँगेर सुत्ने
  • लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
    घर बाहिर नसुत्ने
  • साँझपख बाहिर निस्कदा पुरा बाहुला भएको कपडा लगाउने
  • ढल खुला नराख्ने किनभने यसमा लामखेट्टेले फुल पार्ने ठा‘उ पाई लामखेट्टेको वृद्धि हुन्छ
  • लामखुट्टे नियन्त्रणको उपाय गर्ने
  • घरको झ्याल ढोकामा जाली हाल्ने
  • लामखुट्टेको नियन्त्रणको लागि घर वरिपरि, सार्वजनिक स्थल सफा राख्ने र पानी जम्ने खाल्डाखुल्डी पुरी दिने
  • यो रोगले बढी असर १५ वर्ष मुनिका बालबालिकालाई गर्ने भएकोले उनीहरूलाई यस रोगविरुद्ध खोप दिने
  • पानी जम्ने ठाउँमा मट्टितेल वा डढेको मोविल आदि हाल्ने
  • सुँगुर, बँगुर, हाँस, घोडा आदि व्यवस्थित ढंगले घरदेखि टाढा राखेर पाल्ने र सम्भव भएसम्म सुँगुर, बँगुर, हाँस, घोडा आदिलाई यो रोग विरुद्धको खोप दिने
  • पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्ने ड्ड सुँगुर, बँगुरको खोरको झ्याल ढोकामा मसिनो जाली राख्ने
  • घर वरिपरिको वातावरण सफा राख्ने 
  • १२–२३ महिनाभित्र बालबालिकालाई नजिकको खोप केन्द्रमा लगी जापानी इन्सेफलाइटिस विरुद्ध एकपटक खोप लगाउने

सरुवा रोगहरु (Communicable Diseases)

 

यो रोगको कुनै पनि लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनु पर्दछ ।  समयमा उपचार गराएमा बिरामीलाई अपाङ्ग र मृत्यु हुनबाट समेत जोगाउन सकिन्छ । यो रोग खोपको प्रयोगबाट नियन्त्रणमा आएको छ । त्यसैले सबैले खोप लिनु अति आवश्यक छ ।

IEC Materials