Kala-azar ( कालाजार )

Communicable Diseases (सरुवा रोगहरु) >Kala-azar ( कालाजार )

 

kala-azar

कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोग परजीवीले गर्दा लाग्दछ । भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । यो रोग नेपालको तराई भाग झापादेखि बारासम्म १२ जिल्लामा पाइएता पनि अन्य तराईका जिल्लामा फाट्टफुट्ट रुपमा देखिन्छ ।

  • दिनमा दुई पटक कामज्वरो आउनु
  • लगातार दुई हप्ताभन्दा बढी ज्वरो आइराख्ने
  • फियो बढनु
  • कलेजो बढनु
  • तौल घटदै जानु, पेट फुल्नु, रगतको कमी देखिनु
  • रोगी दुब्लाएर जान्छ, कमजोरी हुन्छ र सम्पूर्ण शरीर नै कालो देखिन्छ, त्यसैले यसलाई कालो ज्वर भनिएको हो
  • कालाजार भुसुनाको टोकाइबाट सर्ने भएकोले यसको टोकाइबाट बच्ने तथा
  • भुसुना नियन्त्रण गर्ने उपाय नै सबभन्दा प्रभावकारी रोकथाम हो
    भुसुना प्राय गरेर न्यानो जलवायु भएको ठाउँमा पाइन्छ । घरभित्रको अध्यारो, ओसिलो भुइतला, गोठको अँध्यारो तथा ओसिलो कुनाकाप्चामा र भुईको चिरा परेको, भत्केको वा चर्केको ठाउँमा बस्छ, खुकुलो माटो, मुसाको दूलो, काठ दाउरा थुपारेको ठाउँ, गोवर गुइँठा थुपारेका ठाउँ, फोहोर मैला भएको ठाउँमा बस्ने गर्छ
  • झुलको प्रयोग, निमको वा तोरी सस्र्युको तेलको प्रयोग, शरीर ढाक्ने कपडाको प्रयोग कीटनाशक औषधिको प्रयोग, लिपपोत, सरसफाई, घरको झ्याल, ढोका आदिमा जालीको प्रयोग गर्नाले पनि कालाजारबाट बच्न सकिन्छ

सरुवा रोगहरु (Communicable Diseases)

 

उचित सावधानी अपनाएमा कालाजार रोग लाग्न पाउँदैन । समयमै उपचार गरेमा यो रोग निको हुन्छ । त्यसकारण यो रोग लागेको शंका लागेमा समयमै आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउनु पर्छ । कालाजार प्रभावित क्षेत्र नेपाल तथा अन्य देशबाट भ्रमण गरेर फर्कदा १५ दिनभन्दा बढी समयसम्म ज्वरो आएमा कालाजार शंका गर्नुपर्दछ र तुरुन्त अस्पतालमा जाँच गराई उपचार गराउनु पर्दछ ।

IEC Materials