Lymphatic filariasis ( हात्तिपाइले )

Communicable Diseases (सरुवा रोगहरु) >Lymphatic filariasis (हात्तिपाइले)

kala-azar

कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोग परजीवीले गर्दा लाग्दछ । भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । यो रोग नेपालको तराई भाग झापादेखि बारासम्म १२ जिल्लामा पाइएता पनि अन्य तराईका जिल्लामा फाट्टफुट्ट रुपमा देखिन्छ ।

हात्तीपाईले रोग लामखुट्टेले टोकेर सर्ने रोग हो । लामखुट्टेले हात्तीपाइले रोग लागेको व्यक्तिलाई टोकेर परजीवी आफूमा लिन्छ र फेरि अर्को स्वस्थ व्यक्तिलाई टोक्दा यो रोग सार्दछ ।

यो रोगको परजीवी शरीरभित्र भए पनि बाहिर लक्षण नदेखिन सक्छ । यो रोगको लक्षण देखा पर्न करिब एक वर्ष वा सोभन्दा बढी समय लाग्न सक्छ ।

  • ज्वरो आउनु
  • जाडो लाग्नु
  • शरीरका विभिन्न भागहरूमा गिर्खा आउनु, दुख्नु
  • हातगोडाहरूमा निला, काला धर्साहरू देखिन्छन
  • महिलाहरूमा स्तन फुलेर ठुलो हुनु
  • हाइड्रोसिल हुनु
  • योनाङ्गहरू सुन्निनु
  • रोग पुरानो हुँदै गएमा गोडा फुली हात्तीको जस्तो हुने
  • पिसाब सेतो रंगको वा दहीजस्तो हुनु
  • शारीरिक असर्मथताको कारणले आर्थिक पछौटेपन र मानसिक तनाव हुनु
  • सुत्दा खेरी अनिवार्य रुपमा झुलको प्रयोग गर्ने
  • पूरा बाहुला भएको र शरीरका सम्पूर्ण भाग छोपिने कपडा लाउने
  • शरीरको खुल्ला रहेको भागमा लामखुट्टे भगाउने मल्हम लगाउने
  • धुप वा क्वाइल बाल्ने
  • लामखुट्टे नियन्त्रण गर्न घर वरिपरि फोहोर पानी जम्ने खाल्डा खुल्डी पुर्ने
  • झ्याल ढोकामा मसिनो जाली हाल्ने
  • पोखरी भएको ठाउँमा लामखुट्टेको लार्भा खाने माछा पालन गर्ने
  • हात्तीपाइले रोगको लक्षण देखापरेमा सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने

सरुवा रोगहरु (Communicable Diseases)

 

हात्तीपाइले रोगबाट बच्नका लागि नेपाल सरकारले प्रत्येक वर्षमा एकपटक स्थानीय तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंय सेवकहरूमार्फत घरदैलोमा गई निःशुल्क वितरण गरिने औषधि सेवन गर्नु नै यो रोग हुनबाट बच्ने तथा बचाउने उपयुक्त उपाय हो । यो औषधि वर्षको एकपटक गरी लगातार पाँच वर्षसम्म सेवन गर्नुपर्दछ । यसो भएमा आफूलाई यो रोग पछिसम्म नहुने मात्र नभई आउने सन्ततिहरूलाई समेत यो रोग हुनबाट बचाउँछ । कार्यक्रम अन्तर्गत निःशुल्क रुपमा वितरण गरिने दुई प्रकारको औषधिमध्ये एक थरीको औषधि चक्कीले पेट, आन्द्रामा हुने गोलो, अंकुशे, चुर्ना आदि जुकाहरूको समेत उपचार हुने हुँदा यो औषधिको सेवनले हात्तीपाइले रोगको उपचार,रोकथाम हुनुको साथै जुकाको पनि उपचार हुने गर्दछ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरु गरेको यो रोग निर्मुल पार्ने अभियानमा सरिक भइ दुई थरीको औषधिहरू  दुई वर्षमुनी बच्चाहरू, गर्भवती तथा सिकिस्त बिरामीबाहेक सबै मानिसलाई वर्षको एकपटक औषधि लगातार ५ वर्षसम्म सेवन गरी नेपालवाट हात्तीपाइले रोग निर्मूल (नियन्त्रण) गर्ने कार्यमा  सहयोग पुर्याउनु पदर्छ ।

IEC Materials