brucellosis ( ब्रुसेलोसिस )

Communicable Diseases (सरुवा रोगहरु) >brucellosis ( ब्रुसेलोसिस )

 

यो रोग ब्रुसेल्ला (Brucllea) नामक जीवाणुबाट संक्रमित गाई, भैंसी, बाख्रा, भेडा, बंगुर आदि पशु चौपायाहरुबाट मानिसमा सर्ने एक प्रकारको जुनोटिक रोग हो ।

  • संक्रमित पशुको काँचो दूथ पिउनाले
  • प्रशोधन (Pasteurize) नगरेको दूध, दहि आईसक्रिम, चिज तथा दूधजन्य पदार्थहरु खानाले
  • संक्रमित पशु तौपायाको काँचो मासु खाने, गेडा गोठमा बस्ने, भेडी गोठाला, गाई भैसी तथा सुँगुर, बँगुरको स्याहार गर्ने मानिसहरुमा संक्रमित
  • चौपायासँगको प्रत्यक्ष सम्र्पकबाट, बधशालामा का मगर्ने कामदारहरुमा संक्रमित पशुसँगको प्रत्यक्ष सम्पर्कबाट
  • पशु प्रयोगशालामा का मगर्ने, कृत्रिम गर्भाधान कार्य गर्ने वा पशु उपचारमा संलग्न पशु स्वास्थ्यकर्मीहरुमा संक्रमित पशुसँगको सम्पर्कबाट
  • संक्रमित जनावरसँगको प्रत्यक्ष सम्पर्क वा म्युकस झिल्ली वा छालामा भएको घाउ चोट, दूध, वीर्य, पाठेघरको श्राव वा तुहिएको भ्रुण आदिको सम्पर्कबाट

संक्रमित भएको एक देखि तीन हप्ता पछि मात्र लक्षणहरु देखिन्छन् । तर कहिले काही संक्रमण भएको लामो समय पछि मात्र लक्षणहरु देखिन सक्छन् । यो रोगका प्रमुख लक्षणहरुः

  • ज्वरो आउने र छाड्ने
  • पसिना आउने
  • टाउको दुख्ने
  • कलेजो तथा फियो संक्रमण भएर सुन्निने हुन्छ
  • रिङ्गटा लाग्ने
  • अत्यधिक थकान हुने
  • ढाड दुख्ने
  • घुँडा र जोर्नीहरु सुन्निने र दुख्ने आदि
  • प्रायः यो रोगको लक्षण एउटै प्रकारको नहुने लक्षणको आधारमा मात्र यसको निदान गर्न कठिन हुन्छ ।
  • गाई भैंसीको दूध वा रगतको प्रयोगशालामा परीक्षण गरी रोगको पहिचान गर्न सकिन्छ । मानिसको रगतमा विभिन्न किसिमका (पिसिआर, कल्चर, पेयर एन्टिवडि) परीक्षण गरी रोगको पहिचान गरिन्छ ।
  • याद राख्नुहोस्ः लामो समयसम्म यो रोगको निदान तथा उपचार नगरिएमा मानिसको हाडजोर्नी, कलेजो, मृगौला, फियो तथा मुटुमा समेत असर गर्न सक्दछ ।
  • रोगी जनावरलाई अलग राख्ने, जाँच तथा उपचार गर्ने
  • दूध र प्रशोधित दूधजन्य पदार्थको मात्र उपभोग गर्ने
  • राम्ररी पकाएको मासु मात्र खाने
  • तुहिरुको भ्रुण, सालनाल तथा अन्य स्रावहरुको सहि तरिकाले व्यवस्थापन गर्ने
  • संक्रमित पशुलाई अन्य पशुसंग संसर्ग नगराउन
  • जनावर उपचार तथा स्याहार सुसार लगायत मासु काट्ने र वधशालामा काम गर्ने
  • व्यक्तिले रवरको पन्जा, चस्मा, बुट, शरीर ढाक्ने गाउन तथा एप्रोन प्रयोग गर्ने
  • संक्रमित जनावरको सम्पर्क सिमित गर्ने
  • गोठको राम्रो सरसफाई गर्ने

सरुवा रोगहरु (Communicable Diseases)

 

यदि तपाई वा तपाईको घर वरिपरी वा छिमेकमा ब्रसलोसिस रोग संक्रमण भएको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्नुहोस् । स्वास्थ्यकर्मीको सल्लाह बमोजिम उपचार गराएमा यो रोग निको हुन्छ ।

IEC Materials