Scrub Typhus ( स्क्रव टाईफस )

Communicable Diseases (सरुवा रोगहरु) >Scrub Typhus ( स्क्रव टाईफस )

 

स्क्रव टाईफस एक किसिमको सरुवा रोग हो जुन माईटमा पाईने Orentia tsutsugamshif भन्ने जिवाणुबाट लाग्दछ । माईट प्रायः मुसा बस्ने खेतवारी, वन, जंगल, चौर र घर वरिपरी झाडी हुने ठाउँमा पाईन्छ ।

स्क्रव टाईफस सर्ने तरीका

स्क्रव टाईफस मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किरा (माईट) को टोकाईबाट मानिसमा सर्दछ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

  • धेरै ज्वरो आउनु (कामज्वरो समेत आउन सक्छ)
  • टाउको धेरै दुख्नु
  • पसिना धेरै आउनु
  • आँखा रातो हुनु
  • झाडापखाला लाग्नु
  • किराले (माईट) टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर काले दाग बस्नु
  • खेतबारीमा काम गर्दा, वनजंगल÷झाडीमा जाँदा वा घाम काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लागउने
  • सकेसम्म घाँसबारीमा वा चौरमा नबस्ने, बस्नै परे गुन्द्रि वा दरी ओछ्याएर बस्ने
  • सम्भव भए सम्म भुँइमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने÷बस्ने
  • घर वरपर झाडी, घाँस तथा घु¥यान बढ्न नदिने
  • घर, गोठमा मुसा नियन्त्रण गर्ने । जस्तैः उपयुक्त किसिमले अन्न भण्डारण गर्ने

सरुवा रोगहरु (Communicable Diseases)

 

समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई विरामी सिकिस्त हुने र विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्नुका साथै विरामीको मृत्यु पनि हुन सक्छ ।

यो रोगको शंका लागेमा वा कुनै पनि लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा आवश्यक उपचारको लागि लैजानुपर्छ । समयमै औषधी र उपचार पाएमा यो रोग निको हुन्छ ।

IEC Materials