Leprosy ( कुष्ठरोग )

Communicable Diseases (सरुवा रोगहरु) >Leprosy (कुष्ठरोग )

कुष्ठरोग आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुको संक्रमणबाट हुने कम सर्ने सरुवा रोग हो । खासगरि यस रोगमा स्नायु र छाला प्रभावित हुन्छ । यो रोग वंशानुगत होइन र कसैको अभिशाप वा श्राप लागेर पनि हुंदैन । यो रोग त्यति चा‘डो अरुमा सर्दैन र रोगका लक्षण तथा चिन्हहरू पूर्णरुपमा देखिन वर्षौ पनि लाग्न सक्छ । यस रोगको जिवाणुहरुले छाला तथा नसामा असर गर्दछ । शुरुको लक्षण र चिन्ह विरामीले वास्ता नगरी समयमा नै यसकोउपचार नगराउदा अन्त्यमा हात, खुट्टा र आँखामा असमर्थता भएर पछि विस्तारै अंगभंग हुँदै जान्छन् । जब विरामी यो अवस्थामा पुग्छ, उसलाई परिवार र समाजले वहिष्कार गर्छन । धेरै मानिसहरूले कुष्ठरोग निको हुंदैन भन्ठान्छन्, यो कुरो सत्य होइन । कुष्ठरोगको सजिलैसंग उपचार हुन सक्छ भन्ने सबैले वुभ्नु पर्छ । कुष्ठरोगको समयमा नै उपचार गराएमा हात खुट्टामा घाउ हुने डर हुदैन र समाजवाट वहिस्कार पनि हुनु पर्दैन । त्यसैले कुष्ठरोगको शुरुमा उपचार गरी अंगभंग हुनबाट बच्नुपर्छ ।

  • हात र खुट्टा झम्झमाउने
  • अनुहार तथा हातको छाला बाक्लो हुने तथा छुंदा थाहा नहुने, फुस्रो तथा रातो रंगको दाग देखापर्ने,
  • कानका लोतीहरू बाक्लो हुने
  • आँखी भौ झर्नु
  • हात गोडाका मांसपेशीहरु कमजोर, छुँदा थाहा नहुने
  • कुष्ठरोग निको पार्न स्वास्थ्य कार्यकर्ताको सल्लाह तथा निर्देशनमा औषधि खानुपर्छ र औषधि उपचार पुरा गर्नुपर्छ
  • कुष्ठरोग विरामीले उपचार गरिरहेको अवस्थामा र उपचार पुरा गरेपछि सामान्य जीवन यापन गर्न सक्छन् ।
  • कुष्ठरोगको उपचार पुरा गरेमा, यद्यपि उनीहरूको छालामा दाग अथवा असमर्थतारअपांगता भएता पनि यो रोग निको भएको हुन्छ । विरामी पूर्णरुपमा निको हुन्छ ।
  • सरकारी स्वास्थ्य संस्थाहरूमा कुष्ठरोगको निशुल्क उपचार हुन्छ
  • हरेक व्यक्तिले कुष्ठरोगका बारेमा तथ्य कुराहरू एक अर्कालाई भन्नुपर्छ, यसो गर्दा समाजबाट कुष्ठरोग प्रतिको भ्रम निवारण गर्न सकिन्छ । यदि तपाई
  • कुष्ठरोगका बारेमा अझ वढी जान्न चाहनुहुन्छ भने महिला स्वास्थ्य स्वयंसेविका अथवा स्वास्थ्य कार्यकर्तासँग सम्पर्क राख्न सक्नुहुन्छ
  • कुष्ठरोग हाल नेपालमा निवारणको अवस्थामा छ

IEC Materials